होमपेज / समाज
सुर्खेत । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र सिडिएस पार्कको युवा रुपमान्तरणमा महत्वपूर्ण भूमिका रहेको प्रदेश सभा सदस्य राजु नेपालीले बताएकी छिन् । कार्यक्रम समिक्षा तथा समापन वैठकलाई सम्वोधन गर्दै उनले कर्णालीमा बालविवाह, लैङ्गिक हिंसा, सुरक्षित मातृत्व, समाज रुपान्तरण र युवाहरुको क्षमता अभिवृद्धिमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ ।
संस्थाले मुगुमा रहेका विभिन्न समस्यालाई उजागर गर्ने, त्यसको न्यूनिकरण गर्ने काम गर्न सफल भएको बताउँदै आगामी दिनमा दुर दराजका बस्तीमा पुगेर समलैङ्गिक समूदायका बारेमा थप वहस चलाउन शुभकामना दिईन । संस्थाका अध्यक्ष अजबहादु्र शाहीले आफूहरुको कार्यक्रम युवासँग सम्वन्धित भएको बताए । ‘हाम्रो कार्यक्रम विल्कुल युवाको रुपान्तरणका लागि थियो ।’ उनले भने, ‘त्यसमा सफलता मिलेको महसुस भएको छ । समाजका अन्य समस्याका बारेमा पनि जानकारी भएको छ ।

आगामी दिनमा प्रदेश, स्थानीय सरकार तथा अन्य निकायसँगको सहकार्यमा त्यस्ता बेथिति विरुद्ध अभियान चलाउने प्रयास गर्नेछौं ।’ उनले कोरोना महामारीका कारण लकडाउन भएको बताउँदै त्यस अवधिमा पनि प्रविधिको प्रयोग गरेरै भएपनि युवासँग जोडिएको बताए । कार्यक्रममा वीरेन्द्रनगर ६ का वडा अध्यक्ष मोति कंडेल, चारका अध्यक्ष निलकण्ठ खनाल, कार्यपालिका सदस्य यमुना नेपाली, राइट हेयिर राइट नाउँ संस्थाका प्रतिनिधि सम्झना पहाडी, अभियन्ता टिका विष्टले मन्तब्य राखेका थिए ।
