ट्रेण्डिङ

होमपेज / समाज

सर्लाहीको कपडा गोदाममा आगलागी‚ एक करोड क्षति

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १३:२२:२३ मा प्रकाशित

सर्लाही। हरिवन नगरपालिका–११ स्थित कपडा गोदाममा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ। बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेका कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए। 
    
आइतबार राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो। घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top