होमपेज / समाज
काठमाण्डौ । चोरीका मोटरसाइक सहित चार जना पक्राउ परेका छन् । नैकाप काठमाडौंबाट बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं.१३ वस्ने पुर्ण राउतले महानगरीय ट्राफिक महशाखामा हुलिया सहितको निवेदन दिएको थिए ।
उक्त निवेदनका आधारमा महाशाखाबाट सादा पोशाकको प्रहरीले नयाँबसपार्क सडक खण्डमा चेक जाँच गर्ने क्रममा नम्बर प्लेट परिवर्तन गरि चलाएको पल्सर १५० सिसिको बा ८९ प १७७६ नम्बरको मोटरसाईकल चलाइरहको अबस्थामा पक्राउ गरेको हो ।
उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९४ प ४४६९ रहेको हुदाँ मोटरसाईकल सहित जिल्ला सिन्धुली हरिहरपुरगढि गाँउपालिका वडा नं ६ क्यानखोला घर भएका प्रकाश तामाङ, जिल्ला सिन्धुली तिनपाटन गाँउपालिका वडा नं ५ भिमस्थान घर भएका अम्मर तामाङ र जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ८ घर भएका सुरेश तामाङ रहेको निजहरुलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त थानकोट काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।
त्यस्तै बा ९६ प ५४९४ नम्वरको मोटरसाईकल जिल्ला काठमाडौं बालुवाटारबाट हराएको दिपक खड्काको मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीले उपत्यकाको भद्रकालि स्थित सडक खण्डमा शंका लागि चेकजाँचको गर्ने क्रममा बा ९० प ७३८६ नम्वरको कालो रातो रंगको यामाहा मोटरसाईकल नम्बर प्लेट परिवर्तन गरि चलाएको अबस्थामा पक्राउ गरेको छ ।
उक्त मोटरसाईकलको साथमा जिल्ला ओखलढुङ्गा चम्पादेवी गाउँपालिका वडा नं ६ घर भएका भोला थापालाई सवारी साधन सहित पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी बृत्त मालिगाउँ काठमाडौं पठाएको प्रहरीले जनाएको छ।