ट्रेण्डिङ

होमपेज / समाज

सार्वजनिक पोखरीको माछा मार्ने विषयमा झडप, एक जनाको मृत्यु

नेपालगाथा २०७७ मंसिर २९ गते सोमबार १२:५०:३४ मा प्रकाशित

काठमाडौँ । सप्तरीमा एक सार्वजनिक पोखरीको माछा मार्ने विषयमा भएको झडपमा एक जनाको मृत्यु भएको छ। बोदेबरसाईन नगरपालिका-१ स्थित कुशमार टोलमा रहेको माछा पोखरीमा माछा मार्ने विषयमा भएको झडपमा आइतबार राती  ३५ वर्षीया गंगिया देबी मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

झडपमा बोदेबरसाईन नगरपालिका-१ का  ५५ वर्षीय जय नारायण मण्डल , ३५  वर्षीय सोबिन्द्र मण्डल , १८ वर्षीय धिरज मण्डल र  ४५ वर्षीय जोगिन्द्र मण्डल घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा अर्को पक्षका रुपमा देखिएका  बोदेबरसाईन नगरपालिका-३ का  ५० वर्षीय शिवसरन मण्डल ,  ४७ वर्षीय बिजय मण्डल,  २२ वर्षीय सुरेन्द्र मण्डल र २८  वर्षीय रबित मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top