ट्रेण्डिङ

होमपेज / समाज

बण्डाली सामुदायिक वन उपभोक्ता समितिमा साझा समावेशी टिमका इन्द्रबहादुर सलामीकाे टिम विजयी

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार २२:५६:२३ मा प्रकाशित

नन्दु खनाल, चौकुने। चौकुने गाउँपालिकामा शनिबार भएको बण्डाली सामुदायिक वन उपभोक्ता समितिकाे निर्वाचनमा इन्द्रबहादुर सलामीले नेतृत्व गरेकाे साझा समावेशी टिमले विजयी हासिल गरेकाे छ । कुल ५ सय ५४ मतदाता रहेकाे सामुदायिक वनकाे शनिबार भएको निर्वाचनमा ४ सय ३ मत खसेकाे थियो ।

निर्वाचन समितिका अनुसार इन्द्रबहादुर सलामीले २ सय ४ मत ल्याएर विजयी भएका छन् भने उनका लाेकतान्त्रिक समूहका उम्मेदवार जंगबहादुर कामीले १ सय ७० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष लक्ष्मी सुनार २ सय १, सचिब सीता साउद २ सय ३, काेषाध्यक्ष दुर्गा बुढा १ सय ९६, सहसचिव गाेबिन्दप्रसाद सापकोटाले १ सय ९७ मत ल्याएर विजयी भएका छन्।

त्यसैगरी सदस्यहरुमा देविलाल ढकाल १ सय ९८, डिल्लीराम पाैडेल १ सय ९३, थिरराज अधिकारी १ सय ९२, यमु आउजी १ सय ८५, यमलाल अधिकारी २ सय ३ र कलसा बुढा क्षेत्रीले १ सय ८५ मत ल्याएर विजयी भएका छन् । कुल खसेकाे ४ सय ३ मत मध्ये २९ मत बदर भएको निर्वाचन अधिकृत रामबाबु बिसीले जानकारी दिनुभयाे ।

निर्वाचनमा विजयी इन्द्रबहादुर सलामीले आफू निर्वाचनको माध्यमबाट विजयी भए पनि समग्र उपभोक्ताहरुलाई समान ढंगको व्यबहार गर्ने बताउनुभयो । वन पैदावर जस्तो क्षेत्रमा सम्पुर्ण उपभोक्ताहरुको सक्रियताले मात्र वन संरक्षण गर्न सकिने भन्दै सलामीले चौकुनेको सम्पूर्ण वन हराभरा बनाउन दिन रात खट्ने समेत धारणा राख्नु भयो ।

स्थानीयस्तरमा सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वको लागी चुनाब भए पनि यो चुनाब संघीय संसदको झल्को दिने गरि आ-आफ्ना उम्मेदवार र राजनैतिक दलसँग प्रतिस्पर्धा भैरहेको जस्तो देखिन्थ्यो । राती अबेरसम्म मत गणना स्लमा शुभचिन्तक र समर्थकहरुको बाक्लो भिडभाड देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top