ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ८३० जना संक्रमित थपिए

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार २०:३६:१७ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ। हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् भने ५ सय १६ जना क्वारेन्टिनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top