होमपेज / समाज
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित उज्वल आयल स्टोरको परिसरमा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। ललिपुर प्रहरी परिसरका एसपी प्रज्जवल महर्जनले दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको जानकारी दिए। पेट्रोल पम्पको नजिकै रहेको ट्यांकरबाट एक्कासी आगो निस्किएको थियो।
आगोले पेट्रोल पम्पको माथिल्लो भाग पनि भेटेको थियो। आगलागीमा कुनै मानवीय क्षती भने भएको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।