होमपेज / समाज
काठमाडौँ-सेलकम प्रालि (सेलपे) तथा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा संचालक फोनपे पेमेण्ट सर्भिस लि. (फोनपे) बीच सहकार्य भएको छ। उक्त सम्झौतापत्रमा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधान तथा फोनपे पेमेण्ट सर्भिस लि. का तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता पश्चात सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कका सम्पूर्ण मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्। सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुमा भुक्तानी गर्दा उपलब्ध ग्राहक योजनाहरुको फाईदा उठाउन सक्नुका साथै हरेक त्तच् भुक्तानीमा रिवार्ड पोइन्टस पनि पाउने छन्।
कोरोना भाइरस (कोविड १९) को संक्रमणबाट बच्नको लागि ग्राहकहरुको सुरक्षा र आवश्यकताहरुलाई ध्यानमा राखी सकेसम्म नगद कारोवार नगरी डिजिटल कारोवार गर्न सकियोस भनी यो सहकार्य गरिएको कम्पनीले जनाएको छ। यस सहकार्यले सेलपे तथा फोनपेको एक अर्काका सेवाहरु बिच अन्तरआवद्धता भई ग्राहकहरुले अत्यधिक फाईदा उठाउन सक्ने छन् ।
यस सहकार्य अन्तर्गत सेलपेका ग्राहकहरुले फोनपे नेटवर्कमा आवद्ध रहेका करीव १ लाख ६० हजार मर्चेण्टहरुमा भुक्तानी गर्न सक्ने छन्। सेलपेका ग्राहकहरुले उक्त मर्चेण्टहरुबाट कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एप्पबाट उक्त मर्चेण्टमा रहेको फोनपे त्तच् ऋयमभ क्अबल गरी भुक्तानी गर्न सक्नेछन्।