ट्रेण्डिङ

होमपेज / समाज

देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिक बदली हुने

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार १०:२३:३२ मा प्रकाशित

काठमाडौँ। देशका अधिकांश क्षेत्रको मौसम आइतबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित भएको हो। अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिकबदली रहेको छ।

आइतबार दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top