ट्रेण्डिङ

होमपेज / समाज

स्थानीय चुनावकाे झल्काे दिने सामुदायिक वनकाे चुनाव

वण्डाली सामुदायिक वनको चुनावी माहोल

नेपालगाथा २०७७ मंसिर २७ गते शनिबार १४:४९:२६ मा प्रकाशित

चौकुने, सुर्खेत । अहिले बिहानको ८ बजे छ । म अहिले चौकुने गाउँपालिकाको वडा नं. ८ मोतिसेरामा छु । मेरो नजिकै रहेको साझा घरमा चहलपहल निकै बढेको देखिन्छ । मानिसहरु कोरोना भाइरसको समेत बेवास्ता गर्दै झुण्ड झुण्डमा जम्मा भएका छन् । कोही मोटरसाइकलमा हतार हतार दौडिएका देखिन्छन् । साझा भवन अगाडिको प्राङ्गणमा डोरी बाँधिएको छ । केही सुरक्षाकर्मी र केही मानिसहरु निकै ब्यस्त देखिन्छन् । त्यहाँको वातावरण हेर्दा स्थानीय चुनावको माहोल देखिन्छ । 


यो हो श्री वण्डाली सामुदायिक वन उपभोक्ता समितिको चुनावी माहोल । अहिले सामुदायिक वन उपभोक्ता समितिको चुनावी माहोल जताजतै रहेको छ । यो चुनावी माहोल सामुदायिक वन र वनका उपभोक्ताको सामुहिक हित र हकका लागि हुने गर्दछ । तर यतिवेला सामुदायिक वन उपभोक्ता समिति कुनै सीमित राजनीतिक पार्टिको हक अधिकार हुने सम्भावना बढ्दै गएको छ । सामुदायिक वन उपभोक्ता समूहको चुनावी माहोल हेर्दा राजनीतिक दलको चुनाव भन्दा कुनै कमी देखिदैन । 


चुनावी प्रचार प्रसारदेखि उपभोक्ता समितिमा राजनीतिक पार्टी र नेताको सक्रियताले गर्दा उपभोक्ता समिति पनि अब पार्टीको भातृ संगठन जस्तो बन्ने करिब करिब निश्चित देखिन्छ । यसले गर्दा सामुदायिक वन उपभोक्ता समितितर्फ जवाफदेही बन्छ कि बन्दैन भन्ने चिन्ता बढ्न थालेको छ । सामुदायिक वन विशुद्ध समाज सेवा हो । यसमा समाजको हित चाहने व्यक्तिहरु संलग्न हुनुपर्दछ । अहिले वण्डाली सामुदायिक वन उपभोक्ता समितिमा इन्द्रबहादुर सलामी अध्यक्ष रहेको समावेशी, साझा टिम चुनावी मैदानमा छ भने यसैगरी जंगबहादुर कामीको अध्यक्षतामा लोकतान्त्रिक प्यानल चुनाबी मैदानमा रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top