ट्रेण्डिङ

होमपेज / समाज

गण्डकीमा कोरोनाका सङ्क्रमणका कारण चारको मृत्यु

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार १९:४९:०७ मा प्रकाशित

कास्की । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १०३ जना सङ्क्रमित थपिएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का ६५ वर्षीय पुरुष, वडा नं १० का ८१ वर्षीय पुरुष र वडा नं १३ का ५१ वर्षीय पुरुष रहेका छन्। त्यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ८ का ७४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको निर्देशनालयले जनाएको छ।

यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता ड विनोदविन्दु शर्माले जानकारी दिए। निर्देशनालयका अनुसार प्रदेशमा आज १०३ कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १३ हजार ७९ पुगेको छ भने सक्रिय सङ्क्रमित पाँच हजार ३३८ पुगेका छन् ।

हालसम्म सात हजार ५६१ कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top