ट्रेण्डिङ

होमपेज / समाज

मणि राम गेलाल सचिवमा बढुवा

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार १९:४५:५४ मा प्रकाशित

काठमाडौँ । सरकारले सहसचिव मणि राम गेलाललाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका इन्जिनियर गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय मणि राम गेलाल, प्रमिला देवी शाक्य बज्राचार्य र सुशील बाबु तिवारीको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

गेलाल सहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रूपमा कार्यरत थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top