ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १२१७ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार १६:१४:४० मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ हजार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको छ।

हाल देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् भने ५ सय १५ जना क्वारेन्टिनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top