ट्रेण्डिङ

होमपेज / समाज

दैलेखका कोरोना संक्रमित सुर्खेतमा उपचारका क्रममा मृत्यु

नेपालगाथा २०७७ मंसिर २५ गते बिहीबार ११:५५:३३ मा प्रकाशित

सुर्खेत । दैलेखका एकजना कोरोना संक्रमित पुरुषको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको छ । गुराँस गाउँपालिका- ५ का ८७ वर्षीय पुरुषको वीरेन्द्रनगरस्थित कर्णाली प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।मंसिर १५ गते कोभिड-१९ अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबारदेखि उनको रगतमा चिनीको मात्रा उच्च भएपछि इन्सुलिनबाट उपचार सुरु गरिए पनि अवस्था जटिल बन्दै गएपछि बिहीबार बिहान ८ बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । वृद्धको मृत्यु भएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top