होमपेज / समाज
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ६२८६ जनामा गरिएको थप १ हजार ५६ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६५१ पुगेको छ।