ट्रेण्डिङ

होमपेज / समाज

‘भ्रष्टाचारका मुद्दालाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ’ 

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार १३:२०:२९ मा प्रकाशित

काठमाडाै‌ं । गोगो फाउण्डेसनका कार्यकारी निर्देशक केदार खड्काले अब कुनै पनि भ्रष्टाचारका मुद्दालाई राष्ट्रिय मुद्दा बनाउनुपर्ने बताउनुभएको छ । १७औं भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गोगो फाउण्डेसन र सोच नेपालले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक खड्काले भ्रष्टाचारलाई जति ढाकछोप गर्यो त्यति नै बढ्ने भएकाले यस्ता मुद्दालाई राष्ट्रिय मुद्दा बनाउनुपर्नेमा जोड दिनुभएको हो । 

भ्रष्टाचार विरुद्धको नागरिक अभियानलाई एक दिन मात्र सम्झेर नहुने भन्दै कार्यकारी निर्देशक खड्काले सबै नागरिकले यसलाई व्यवहारिक रुपमा नै लागू गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top