होमपेज / समाज
काठमाडौं । १७औं भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोच नेपालले तयार पारेको ‘भ्रष्टाचार निवारणमा नागरिक सहभागिता, नागरिक हाते पुस्तिका’ पूर्व आयुक्त सूर्यनाथ उपाध्यायले भर्चुअल माध्यमबाट अनावरण गर्नुभयो ।
हाते पुस्तिका अनावरण गर्दै पूर्व आयुक्त उपाध्याययले यो पुस्तिकाले नागरिकलाई भ्रष्टाचारका बारेमा बुझ्न र सक्रिय भएर अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सोच नेपालका संस्थापक अध्यक्ष उत्तम निरौलाले सोच नेपाल विगत लामोसमयदेखि भ्रष्टाचार विरुद्धमा क्रियाशिल रहेको बताउँदै स्थानीय पालिकामा काम गर्दै गर्दा नागरिकलाई भ्रष्टाचार विरुद्धका बारेमा बुझ्न र बोक्न सजिलो होस् भनेर हाते पुस्तक तयार पारेको बताउनुभयो ।