होमपेज / समाज
काठमाडाैं । १७औं भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा गोगो फाउण्डेसन र सोच नेपालले आयोजना गरेको भर्चुअल छलफल कार्यक्रममा पूर्व आयुक्त सूर्यनाथ उपाध्यायले भ्रष्टाचार नियन्त्रण गर्न नागरिक समाजको हस्तक्षपकारी भूमिकामा उत्रिनुपर्ने बताउनुभयो ।
उहाँले नागरिक समाज सक्रिय भएन भने लेखेर र बोलेरमात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकाले नागरिक समाजले प्रत्यक्ष रुपमा नै भ्रष्टाचारको विरुद्धमा लाग्नुपर्ने बताउनुभयो । भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी संस्थालाई सक्रिय बनाउन नागरिक समाजले नै घच्घच्यानु पर्ने बताउँदै उपाध्यायले भ्रष्टाचार नियन्त्रण गर्न सबै निकाय भए पनि हस्तक्षपकारी भूमिका भएन भने भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनुभयो ।