ट्रेण्डिङ

होमपेज / समाज

नेकपा दाङका संस्थापक गौतमको निधन

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार ११:२५:०६ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top