होमपेज / समाज
बाँके । बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा ३२ वटा आईसीयू शय्या (बेड) थपिएको छ । मेडिकल कलेजमा आज ३२ वटा आईसीयू बेड थपिएसँगै कोभिड–१९ का गम्भीर बिरामीको लागि झनै सहज भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । यस्तै १२ वटा भेन्टिलेटर पनि तयारी अवस्था रहेको प्रजिअ अधिकारीले बताउनुभयो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका गम्भीर बिरामीलाई धानेको बाँकेमा अहिलेसम्म आईसीयू र भेन्टिलेटरको अभाव नरहेको र अब झनै अभाव हुने सम्भावना कम भएको उहाँको भनाइ छ । स्वास्थ्य क्षेत्रमा बाँकेमा ठूलो प्रगति भएको पनि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो ।