ट्रेण्डिङ

होमपेज / समाज

मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने

नेपालगाथा २०७७ मंसिर २३ गते मंगलबार १९:१०:०८ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण बन्द रहेको मनकामना केवलकार मंसिर २८ गतेबाट सञ्चालन हुने भएको छ। मनकामना क्षेत्र विकास समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो। साथै २८ गतेबाट मनकामना मन्दिरमा पूजाआजा पनि सुरु गर्ने समितले जनाएको छ।

मन्दिरमा पूजाआजा सुरु गरिए पनि पञ्चवली, लाखबत्ती बाल्ने लगायतका कार्य भने तत्काल सुरु हुने छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top