ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५९४ मा कोरोना पुष्टि

नेपालगाथा २०७७ मंसिर २३ गते मंगलबार १८:२९:४१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ९४ मा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ४ सय १२, भक्तपुरमा  ६९ र ललितपुरमा ३३ जनामा कोरोना पुष्टि भएको हो। महिला २ सय ६३ र पुरुष ३ सय ३१ छन्। उपत्यकामा सक्रिय संक्रमित ६ हजार ३ सय १९ छन्। काठमाडौंमा सक्रिय संक्रमित ४८ सय ७७,संक्रमणमुक्त ८५ हजार ८ सय ८३, मृत्यु ४ सय २४ र कुल संक्रमित ९१ हजार १ सय ८४ छन्।

भक्तपुरमा सक्रिय संक्रमित ४ सय ५०, संक्रमणमुक्त ७ हजार ७ सय ५१, मृत्यु ९६ र कुल संक्रमित ८ हजार २ सय ९७ छन्। त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित ९ सय ९२,संक्रमणमुक्त १२ हजार ९ सय, मृत्यु १ सय २५ र कुल संक्रमित १४ हजार १७ छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top