ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार १६:३४:०४ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ।

हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top