ट्रेण्डिङ

होमपेज / समाज

एटीएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार १३:४०:४९ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् ।

आइतबार राति काठमाडौँ महानगरपालिका-३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । अनिललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top