ट्रेण्डिङ

होमपेज / समाज

देशभरको मौसम कस्तो रहनेछ दिनभर?

नेपालगाथा २०७७ मंसिर २२ गते सोमबार ११:०१:५७ मा प्रकाशित

काठमाडौँ । देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको झारखण्ड र आसपासमा न्यून चापीय प्रणाली बनेको छ र त्यसको प्रभाव नेपालीमा पनि आंशिक रुपमा परेको छ । अहिले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली रहने मौसमविदले बताएका छन् । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ । अरु स्थानमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top