ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले राष्ट्रिय परिचयपत्र शुभारम्भ गरेसँगै आम नागरिकका लागि खुला

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार २२:५६:३६ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएकाे छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पहिलो परिचयपत्रमा आफ्नो नाम समावेश गरेर सेवाको शुभारम्भ गर्नुभएकाे छ। प्रजिअ रेग्मीले जिल्लामा पहिलो पटक लागु गरिएको तथ्यांकको आधारमा राष्ट्रिय परिचय नम्बर सहितको बहुउपयोगी परिचयपत्र सेवाको शुरुवात गर्नुभएकाे हाे।

नागरिकहरुको बैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त प्रमाणपत्र आम नागरिकका लागि आइतबारदेखि शुरु गरिएको हो । विद्युतीय प्रणालीबाट तथ्यांक तथा अभिलेख तयार गरी सुरक्षित भण्डारण व्यवस्थापन, उपयोग र नियन्त्रण गर्ने गरी सरकारले यो सेवाको शुरुवात गरेको छ ।

राष्ट्रिय परिचयपत्रले व्यक्तिगत घटनासँगै जन्म, मृत्यु, बसाइसराई, विवाह, सम्बन्ध विच्छेद आदिको दर्ता तथा अभिलेख व्यवस्थापन लगायत पञ्जिकरण सम्बन्धी काम गर्नमा थप सहज हुने बताइएकाे छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गरि नागरिकका सूचना वा विवरणहरु एकीकृत रुपमा राख्ने र यसलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधामा आवद्व गर्नमा थप टेवा पुग्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top