ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा एक व्यक्ति मृत्त फेला

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार २०:११:१३ मा प्रकाशित

सरिता चलाउने, सल्यान । सल्यानमा एक जना मृत्त अवस्थामा फेला परेका छन । जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ६ का अन्दाजी  ५५ बर्षिय सहबिर सार्की  मृत फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । शनिबार दिउँसो घरबाट बजार निस्किएका उनि  आइतबार बिहान मौलाहाल्ने बजारको पश्च्मि सडक देखि  करिब ५० मिटर अगाडी मृत अवस्थामा फेला परेकोे प्रहीरी निरक्षक लक्ष्मण ओली बताए।

सार्कीलाई आईतबार  बिहान ९ बजेतिर स्थानीयले मृत अवस्थामा  देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दाङ पठाइएको ओलीको भनाई छ  । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक ओलीले  बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top