ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँ उपत्यकामा थप ४८४ जनामा कोरोना पुष्टि

नेपालगाथा २०७७ मंसिर २१ गते आइतबार १६:५१:११ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३५१, भक्तपुरका ५९ तथा ललितपुरका ७४ जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन्। गत २४ घन्टामा ६ हजार ४९५ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर ३१३ जना संक्रमितको आईसीयु र ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top