होमपेज / समाज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ७ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ। हाल देशभर १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित छन् भने ५ सय ३६ जना क्वारेन्टिनमा छन्।