होमपेज / समाज
सुर्खेत। मालपोत कार्यालय सुर्खेतले कोभिड–१९ को महामारीका साथै सेवाग्राहीकाे अत्यधिक भिडलाई मध्यनजर गर्दै समय तालिका अनुसार स्थानीय तहहरुका कामकाे सेवा प्रवाह गर्ने जनाएकाे छ । मालपोत कार्यालय सुर्खेतले एक सुचना प्रकाशित गरी मसिर २१ गते आइतबारदेखि लागु हुने गरी स्थानीय तहका सेवाहरु बार अनुसार प्रवाह गर्नेछ ।
प्रत्येक हप्ताको आइतबार र सोमबार चौकुने गाउँपालिका, लेकबेशी नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकाका कामहरुकाे मात्र सेवा प्रवाह गर्ने मालपाेत कार्यालय सुर्खेतले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ । यसैगरी मंगलबार, बुधबार, बिहीबार र शुक्रबार वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कामहरुका मात्सेर वा प्रवाह गरिने छ ।
हेर्नुहाेस् समय तालिका
