होमपेज / समाज
सुर्खेत । अनलाइन पत्रकारितामार्फत विश्वभर समाचार फैलाउने उदेश्यका साथ आजभन्दा तीनवर्ष पहिले उज्यालाे नेपालद्वारा सञ्चालन भएकाे नेपालगाथा अनलाइन पत्रिका आजदेखि चाैथाे वर्षमा प्रवेश गरेकाे छ । अनलाइन पत्रिका मार्फत कुनै पनि घटना अथवा सूचनालाई स्राेता, दर्शक, पाठक र विज्ञापनदाता सामू फैलाउने कार्यमा सहयाेग, साथ र समर्थन गर्ने महानुभावहरुलाई नेपालगाथा परिवारले यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गरेकाे छ ।
आगामी दिनमा पत्रकारिता मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई थप सशक्त र मजवुत बनाएर लैजाने कार्यमा पत्रिकालाई थप अगाडि लैजाने कार्यमा पत्रिका अग्रसर हुने बताइएकाे छ । याे सँगै उज्यालाे नेपालले युट्युव च्यानलमार्फत नेपालगाथा टिभीलाई पनि प्रभावकारिताका साथ अगाडि लैजाने जनाएकाे छ ।