ट्रेण्डिङ

होमपेज / समाज

चौकुनेमा १५ शैयाको भेरी कर्णाली अस्पतालको सिलान्यास

नेपालगाथा २०७७ मंसिर १३ गते शनिबार १९:१२:५६ मा प्रकाशित

चौकुने, सुर्खेत । नेपाल सरकारका  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चौकुने गाउँपालिकाको बिजौरामा शनिबार १५ शैयाको भेरी कर्णाली अस्पताल भवनको शिलान्यास गर्नुभएको छ । 
‘सरकारले स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनाका साथ स्थानीय तहमा अस्पताल भवनको सिलान्यास गरिएको राज्यमन्त्री रावतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्दैन । यसका लागि गाउँमै आधारभूत उपचार सेवाको शुरुवात गरिएको छ ।’ सुर्खेत लगायत सरकारले तीन सय ९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाका अस्पताल बनाउने निर्णय गरेको छ । 


अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य नन्दा चपाईले अस्पताल सञ्चालन भएपछि स्थानीय जनताले गाउँमा नै उपचार पाउने बताउनुभयो । उनले अस्पतालबाट खासगरी ग्रामिण भेगका महिलाले सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो । 
यस अघि सुर्खेतका दुई वटा स्थानीय तह मा १५ शै्ययाका अस्पतालको उद्घाटन तथा भवनको शिलान्यास गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइली र बराहताल ५ बड्डीचौरमा बराहताल अस्पताल भवनको शिलान्यास गरिएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top