ट्रेण्डिङ

होमपेज / समाज

चितवन कारागारबाट एक थुनुवा फरार

नेपालगाथा २०७७ मंसिर १२ गते शुक्रबार ०९:३८:२७ मा प्रकाशित

चितवन । जिल्ला कारागार चितवनबाट एकजना थुनुवा फरार भएका छन्। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन्। उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो। कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top