ट्रेण्डिङ

होमपेज / समाज

भूमि सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न

नेपालगाथा २०७७ मंसिर ६ गते शनिबार २१:१२:१९ मा प्रकाशित

नन्दु खनाल, चौकुने । चौकुने गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीको प्रमुख अतिथ्यतामा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार गाउँपालिकामा भएको कार्यक्रममा आयोगका अध्यक्ष ज्ञवालीले आगामी आर्थिक वर्ष भित्र चौकुनेमा भूमि सम्बन्धी समस्या समाधान गर्ने गरि काम भैइरहेको बताउनु भयो । चौकुने गाउँपालिकामा भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई प्रक्रिया मिलाएर जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिने जानकारी दिनु भयो ।

राजनैतिक अस्थिरताका कारण ७० वर्षपछि भूमि सम्बन्धी सबै समस्याहरु समाधान हुने गरि ऎन, कानुन बनेकोले आगामी ३ वर्षभित्र देश भरीका भूमि सम्बन्धी समस्या समाधान गर्न आयोगले तयारी गरेको समेत बताउनु भयो । शुरुमा आयोगले परिक्षणको लागि देशभरीका १४ वटा स्थानीय तहमा काम गर्न लागेको र कर्णाली प्रदेशमा सुर्खेतका दुई वटा स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा आयोगले काम शुरु गर्न लागेको हो । कार्यक्रममा नेपाल सरकारका सह-सचिव एवम् आयोगका सदस्य सचीव लिलाप्रसाद शर्माले भूमि सम्बन्धी समस्या समाधानहरुको बारेमा प्रष्ट पार्नु भयो ।

कार्यक्रममा नेकपा सुर्खेतका कार्यलय सदस्य मोहनसिं बडुवालले चौकुने गाउँपालिकामा रहेका भूमिहिन सुकुम्बासीहरुलाई भूमिको मालिक बनाउने गरि आयोगले काम अगाडि बढाउन लागेकोले समयमै लागत संकलन गरि लालपुर्जा वितरण कार्यमा सहभागी हुन चौकुने बासीहरुलाई आह्वान गर्नु भयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आगामी आर्थिक वर्षभित्र चौकुनेका बासिन्दाहरुको हात-हातमा पुर्जा पुर्याउने गरि काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तीन महिनाभित्र लागत संकलन गरि सक्ने गरि कर्मचारी व्यवस्थापन गर्ने र आफुहरु १८ घण्टा खट्न तयार रहेको बताउनु भयो । कार्यक्रममा आयोगका उप- सचिव राजेन्द्र अर्याल, आयोगका नायब सुब्बा सुमन पौडेल, चौकुने गाउँपालिकाका कार्यपालिका सदस्य, वडा सदस्य, बुद्धिजीवी लगायत १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत टेकेन्द्र बुढाले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top