ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थपिए १६७४ जना कोरोना संक्रमित

नेपालगाथा २०७७ मंसिर ६ गते शनिबार १६:१८:४० मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर २ हजार ३ सय २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् भने ७ सय ५७ जना क्वारेन्टिनमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top