ट्रेण्डिङ

होमपेज / समाज

राजा विरेन्द्रको निजी निवास श्री सदन खुल्ला गर्ने

नेपालगाथा २०७७ मंसिर ६ गते शनिबार १३:४६:२२ मा प्रकाशित

सरकारले राजा विरेन्द्रको निजी निवास श्री सदन खुल्ला गर्ने भएको छ । नारायणपहिटी संग्राहलयस्थित रहेको संग्राहलय खुल्ला गर्ने भएको छ । सरकारले अहिले सम्म राजा विरेन्द्रको निजी निवास खुल्ला गर्ने गरेको थिएन। वर्णन मिडियाले गत हप्ताअघि श्री सदन सम्बन्धमा खुल्ला गर्नुपर्ने भन्दै समचार सम्प्रेण गरेको थियो ।

त्यसैको परिणम स्वरुप सरकारले एकहप्ताभित्रैमा सर्वसाधरणको लागि खुल्ला गरेको हो । आज दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन श्री सदनमा बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २०७७ वैशाख १ गतेको नयाँ वर्षको दिनदेखि श्री सदन खुला गर्ने योजना भए पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण पछि धकेलिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top