ट्रेण्डिङ

होमपेज / समाज

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ कार्तिक १४ गते शुक्रबार १७:५४:५९ मा प्रकाशित

 

बर्दिया, १४ कात्तिक २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ बस्ने ३२ वर्षीय गौना थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

गौनाले ती महिलालाई मंगलबार दिउँसो सोही नगरपालिका-४ पदनाहामा जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार साँझ प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभार
बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top