ट्रेण्डिङ

होमपेज / समाज

म्यनग्दीमा जीप दुर्घटना, १ को मृत्यु १० घाइते

नेपालगाथा २०७७ कार्तिक १४ गते शुक्रबार १७:२४:२१ मा प्रकाशित

म्याग्दी– म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको हो ।

 बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top