ट्रेण्डिङ

होमपेज / समाज

तस्कर र प्रहरीको झडपमा हवाइ फायर , एक बालक र तीन प्रहरी घाइते

त्रिभुवन बिसी २०७७ कार्तिक १३ गते बिहीबार १५:२३:३३ मा प्रकाशित

बारा, बारामा प्रहरी र तस्करबीच झडप हुँदा एक बालकसहित तीन जना प्रहरी घाइते भएका छन्।बुधबार साँझ ७ बजेतिर सुवर्णपुर गाउँपालिकामा भएको झडपमा प्रहरीले १२ राउन्ड हवाइफायरसमेत गरेको थियो ।

सोक्रममा १४ वर्षीय रन्जन यादव घाइते भएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार बयोधा अस्पतालमा बालकको उपचार भइरहेको छ।बालकको टाउकोमा अपरेशन गरिएको छ। तस्करहरूले ल्याउँदै गरेको ६ बोरा आलु र प्याज प्रहरीले नियन्त्रणमा लिएपछी स्थानीयहरू प्रहरीमाथि नै जाइलागेपछि झडप भएको पंगेनीले बताए ।

त्यहीक्रममा १२ राउन्ड हवाईफायर भएको र एक जना सईसहित तीन प्रहरी घाइते भएको उनले बताए । उनीहरूको कलैया अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top