ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिती नागोयामा दशैतिहार शुभकामना आदान-प्रदान

नेपालगाथा २०७७ कार्तिक ५ गते बुधबार ०८:०४:०७ मा प्रकाशित

जापान । कर्णाली प्रदेश समाज जापान क्षेत्रीय समिती नागोयामा दशैतिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। केपिएस जापानका वरिष्ठ उपाध्यक्ष बसन्त घर्तीको प्रमुख आतिथ्य र सचिव इन्द्रजीत अधिकारी तथा केन्द्रीय सल्लाहकार ज्योति मल्लको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता नागोया अध्यक्ष नारायण न्यौपाने र सचिव नबराज थापाले सँचालन गरेको कार्यक्रममा कर्णाली बासीहरु बिच संस्थाका भाबी योजनाहरुको बारेमा छलफल भएको थियो। सोही कार्यक्रममा गत भदौमा जाजारकोटको बारेकोटका बाडीपिडीतलाई केपिएसले गरेको राहत संकलन अभियानमा सहयोग गर्ने दाताहरुलाई प्रसंशाप्रत्र र खादा ओढाएर सम्मान गरियको थियो।

सोही कार्यक्रममा बाढीपिडीत सहयोग अभियानमा एक लाख एन सहयोग प्रदान गर्ने जापानिज नागरिक मसाफुमी ववतालाई बिषेश सम्मान गरियको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top