ट्रेण्डिङ

होमपेज / समाज

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नघ्यो

नेपालगाथा २०७७ कार्तिक ४ गते मंगलबार ०७:११:४२ मा प्रकाशित

काठमाडौँ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७५ लाख भन्दा बढि पुगेको छ । तथ्यांकमा उल्लेख भए अनुसार हालसम्म भारतमा संक्रमितको संख्या ७५ लाख ५० हजार २७३ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा भारतमा ५७९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोना संक्रमण कारण हालसम्म १ लाख १४ हजार ६१० संक्रमितको मृत्यु भइसकेको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top