ट्रेण्डिङ

होमपेज / समाज

गृहद्वारा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुमा जिल्ला नछोड्न निर्देशन

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार २१:३४:४५ मा प्रकाशित

काठमाडौं। गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको छ । कोरोना महामारी झनझनै बढ्दै गएकाले यसको रोकथाम, उपचार तथा नियन्त्रणमा चुनौती थपिँने भन्दै गृहमन्त्रालयले जिल्ला नछोड्न निर्देशन दिइएको हो ।

गृहमन्त्रालयले एक बिज्ञप्ति जारी गर्दे दशैँ, तिहार, छट र नेपाल सम्बत लगायतका चाडहरुमा मानिसको आवतजावत बढ्दै जाँदा संक्रमण थप बढ्दै जाने जोखिम भएकाले जिल्लामै रहेर जोखिम नियँत्रण गर्न समोन्वयात्मक रुपमा हरसम्भव उपायहरु अवलम्बन गर्न र गराउन सबै सुरक्षा निकाय तथा प्रमुख अधिकारीहरुलाई निर्देशन दिइएको छ ।

गृहमन्त्रालयले बिज्ञप्तिमा कोरोना भाइरसबाट बच्न आवाश्यक सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन अनुरोधसमेत गरेको छ ।

बिज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

Top