ट्रेण्डिङ

होमपेज / समाज

देशभरि २८२ संक्रमित आइसियु र ६३ भेन्टिलेटरमा उपचारत्त

१२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित

नेपालगाथा २०७७ कार्तिक ३ गते सोमबार १७:०६:५२ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारसम्म देशभर २८२ जना कोरोना संक्रमितको आईसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ। मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश १ मा ३०, प्रदेश २ मा १३, बागमतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना कोरोना संक्रमितको आईसीयुमा उपचार भइरहेको जानकारी दिए।

यस्तै प्रदेश १ मा १२, प्रदेश २ मा १, बागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी देशभर ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ। यसअघि आइतबारसम्म देशभर ३ सय १ जना कोरोना संक्रमितको आईसीयुमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो।

हाल मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके र रुपन्देही गरी १२ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित नरहेको जिल्ला मुस्ताङ मात्रै हो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top