ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतका ४२ वर्षीय पुरुष​​​​​​​ कोरोना संक्रमणबाट मृत्यु

नेपालगाथा २०७७ कार्तिक १ गते शनिबार १४:४२:२१ मा प्रकाशित

सुर्खेत ।वीरेन्द्रनगर–९ सुर्खेतका ४२ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १० दिनदेखि ज्वरो आएका उनको स्थानीय मेडिकल हलमा टाइफाइडको उपचारको लागि सुई लगाइएको र सन्चो नभएपछि प्रदेश अस्पतालमा उपचारको लागि लगिएको सामािजक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

उनकाअनुसार ती पुरुषमा ज्वरो र खोकीसहितको लक्षण देखिएपछि शुक्रबार विहान विहान १०ः३० बजे प्रदेश अस्पतालाको आकस्मिक कक्षको प्रि–आइसोलेसन युनिटमा भर्ना गरिएको थियो । अक्सिजन स्याचुरेशन घटेको र सास फेर्न गाह्रो भएकाले आकस्मिक कक्षमा राखी अक्सिजन दिइएको र मुखबाट पाएव राखी इन्टुबेशन गरी आवश्यक उपचार गरिएपनि उनका आज विहान ७ः२५ बजे मृत्यु भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए ।

‘उपचारमा रहेका उनको आज विहान मुटुको चाल हराएपछि छातीमा थिचेर ब्युँताउने प्रयास गरिएपनि स्वास्थ्यमा सुधार आएन’ कँडेलले भने, ‘संक्रमित पुरुषको हिजो नै कोरोना पुष्टि भएको थियो ।’ कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top