ट्रेण्डिङ

होमपेज / समाज

देशभर ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

नेपालगाथा २०७७ आश्विन ३० गते शुक्रबार १६:४५:५६ मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले देशभर ११ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। डा. गौतमले मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर, दाङ, बाँके र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएको जानकारी दिए। यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top