ट्रेण्डिङ

होमपेज / समाज

उपकुलपति प्रा.डा. सिंहमाथि भाैतिक आक्रमणकाे प्रयास गरेकाेमा खेद

नेपालगाथा २०७७ आश्विन २९ गते बिहीबार १९:५५:२० मा प्रकाशित

सुर्खेत । मध्पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहमाथि  भाैतिक आक्रमणकाे प्रयास गरेकाेमा उपकुलपतिकाे सचिवालयले खेद प्रकट गरेकाे छ । उपकुलपतिकाे सचिवालय सदस्य उपेन्द्रबहादुर बिकद्वारा हस्ताक्षरित खेद प्रस्तावमा बिहीबार उपकुलपतिकाे कार्यकक्षमा नेविसंघ मप विश्वविद्यालय संयोजक एंवम् केन्द्रीय सदस्य अनिलबहादुर शाहीकाे नेतृत्वकाे टाेलीले भाैतिक आक्रमण गर्ने दुष्प्रयास गरी भाैतिक सम्पत्ति ताेडफाेड गरेकाे प्रति मप विश्वविद्यालय कार्यकारी परिषदद्बारा घाेर भत्सर्ना गरेकाे छ । साथै यस्ताे अभद्र व्यवहार गर्ने व्यक्तिहरुलाई हदैसम्मकाे कानुनी कारबाहीका लागि सम्वन्धित निकायमा अपिल गर्दछाै खेद प्रस्तावमा भनिएकाे छ ।

विद्यार्थीका मागसँग सम्बन्धित ध्यानाकर्ष पत्र बुझाउन पुगेका विद्यार्थीले भाैतिक आक्रमण गर्ने दुष्प्रयास गरी भाैतिक सम्पत्ति ताेडफाेड गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य अनिलबहादुर शाहीसहित ६ जना रहेकाे  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले जानकारी दिए । पक्राउ पर्नेहरुमा शाहीसहित सविन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top