ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

नेपालगाथा २०७७ आश्विन २९ गते बिहीबार १६:३९:३३ मा प्रकाशित

काठमाडाैँ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ। पछिल्लो २४ घण्टायता नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १२१७४५ जना पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या ३५६४ जना छन्। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८४५१८ जना पुगेको छ। आजको पीसीआर १६५९८ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३६५३३ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १२३४९ जना र होम आइसोलेसनमा २४१९४ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४८२५ जना रहेका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top