ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतद्वारा परीक्षा तालिका प्रकाशित (परीक्षा मिति सहित)

स्नातक र स्नातकोत्तर तहकाे परीक्षा मंसिर १४ गतेबाट शुरु

नेपालगाथा २०७७ आश्विन २७ गते मंगलबार २०:२४:५० मा प्रकाशित

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले मंगलबार परीक्षा तालिका प्रकाशित गरेकाे छ। काेभिड १९ काे महामारीका बीचमा पनि विश्वविद्यालयले अध्ययन अध्यापन कार्यलाई वैकल्पिक विधिबाट सञ्चालन गरिरहेकाे छ । विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले मंगलबार प्रकाशित गरेकाे परीक्षा तालिका अनुसार मंसिर १४ गतेबाट शुरु हुनेछ । 

विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले मानविकी र सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा शास्त्र र कानुन संकाय अन्तर्गतका स्नातक र स्नातकोत्तर तह पहिलो, तेश्रो र पाचौ सेमेस्टरका साथै व्यवस्थापन संकाय दोस्रो सेमेस्टरको वैकल्पिक विधिबाट परीक्षा सञ्चालन हुनेछ ।

यसैगरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातक तह प्रथम, तेस्रो र पाचौं सेमेष्टर र स्नातकोत्तर तह प्रथम सेमेष्टरकाे परीक्षा पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन हुने परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले प्रकाशित गरेकाे सूचनामा जनाइएकाे छ । परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले इन्जिनियरिंग संकाय अन्तरगत स्नातक तह प्रथम, तेस्रो र पाचौं सेमेष्टरको परीक्षा पनि वैकल्पिक विधिबाट सञ्चालन गर्नेछ । 

परीक्षा व्यवस्थापन कार्यालयले वैकल्पिक विधिबाट सञ्चालन गरिने परीक्षाकाे समय विहान ८ बजेबाट सुरु भई अपराह्न ४ बजेसम्म ताेकेकाे छ । उक्त समयभित्र परीक्षार्थीले तोकिएको निर्देशनअनुसार ताेकिएकाे ढाँचामा उत्तर लेखेर ताेकिएकाे इमेल ठेगानामा उत्तरपुस्तिका पठाई सक्नुपर्ने परीक्षा व्यवस्थापन प्रमुख डा‍ आनन्दप्रसाद सुवेदीले बताउनुभयाे ।

स्मरणरहाेस् मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले स्नातक तह सातौं सेमेस्टर र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा असोज १७ गतेदेखि वैकल्पिक विधिबाट सञ्चालन गरिरहेकाे छ ।

मानविकी र सामाजिक शास्त्र संकाय स्नातक र स्नातकोत्तर तह पहिलो, तेश्रो र पाचौ सेमेस्टरकाे परीक्षा तालिका हेर्नुहाेस्

विज्ञान तथा प्रविधि संकाय स्नातक तहकाेकाे परीक्षा तालिका हेर्नुहाेस्

विज्ञान तथा प्रविधि संकाय स्नातकाेत्तर तह प्रथम सेमेष्टरकाे परीक्षा तालिका हेर्नुहाेस्

 

इन्जिनियरिङ्ग संकाय स्नातक तह प्रथम सेमेष्टरकाे परीक्षा तालिका हेर्नुहाेस्

प्रतिक्रिया

सम्बन्धित खवर

Top