ट्रेण्डिङ

होमपेज / समाज

उपप्रमुख ढकाल सुर्खेत महिला जेसीजबाट सम्मानित

नेपालगाथा २०७७ आश्विन २५ गते आइतबार ०९:४३:१६ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकाल सुर्खेत महिला जेसीजबाट सम्मानित हुनुभएकाे छ । महिला जेसीजले हरेक बर्ष गर्ने वार्षिक कार्यक्रम अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तरगत नारी सम्मान कार्यक्रममा उपप्रमुख ढकाललाई सम्मान गरेको हो ।

विगत लामो समयदेखि जिल्लाको राजनितिक क्षेत्रमा सक्रिय हुँदै महिलाहरुको व्यक्तित्व विकास एवं नेतृत्व क्षमता अभिबृद्धिमा उत्प्रेणात्मक भूमिका निर्वाह गर्दै समग्र महिलाको नेतृत्वमा महत्वपूर्ण योगदान गरेको कदर गर्दै सम्मान गरिएको महिला जेसिज २०२० का अध्यक्ष प्रमि शाक्यले जानकारी दिनुभयाे।

उपप्रमुख ढकाललाई सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष सिमा चन्द लगायत पूर्व अध्यक्षहरु ज्योति कार्की पौडेल, सुस्मा गिरी, निर्मला पाठक, कृति गुभाजु शाक्य, लक्ष्मी कार्की प्रधान सियाले सम्मान गरेका थिए।

सम्मान ग्रहण गर्दै उपप्रमुख ढकालले हरेक महिलाहरुमा चुनौती पछि सफलता प्राप्त हुने बताउनुभयाे । 

यहि असोज १६ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रममा वीरेन्द्रनगरमा आश्रित बाढीपिडितहरुका लागि कोभिड सम्बन्धी जनचेतना र स्वास्थ्य सामाग्री वितरण, बक्तृत्वकला प्रतियोगिता, उद्घोषण तालिम, मानव सेवा आश्रममा दन्त परिक्षण शिविर, सेनेटरी प्याड बनाउने तालिम समेत सञ्चालन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top