ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली प्रदेशका प्रदेश प्रमुख कलाैनीलालाई कोभिड-१९ को सङ्क्रमण

नेपालगाथा २०७७ आश्विन १५ गते बिहीबार १२:५५:०९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीलालाई कोभिड-१९ को सङ्क्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुखकाे सचिवालयले आज जारी गरेकाे प्रेस विज्ञप्ती अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीहरूमा कोभिड-१९ को लक्षण देखिएकोमा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भए पश्चात कन्ट्याक्ट ट्रेसिङ अनुरुप पि.सि.आर. परीक्षण गर्दा प्रदेश प्रमुखलाई पनि कोभिड-१९ को सङ्क्रमण भएको पुष्टि भएको हाे ।

हाल प्रदेश प्रमुखज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ होम आइसोलेसनमा बस्नुभएको सचिवालयले जारी गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

हेर्नुहाेस् प्रेस विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

Top